Breaking News

नेकपा विवादप्रति रामचन्द्र पौडेलको व्यङ्ग्य : सत्ताका लागि भाँडभैलो नै कम्युनिस्टको समाजवाद हो ?

Banner

काठमाडौँ, असार २०-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु हल्ला मच्चाउन र समस्या जन्माउन सफल भए पनि समाधान दिन भने कहिल्यै नसकेको बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वागमति प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा विश्वमा कम्युनिस्टहरु हल्ला मच्याउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टि भइसकेको भन्दै नेपालमा पनि कम्युनिस्टहरुले पनि यो कुरालाई पुष्टि गरेको बताए ।

पौडेलले कम्युनिस्ट मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउँदै अहिले पाएको झण्डै दुइतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे । पौडेलले दुईतिहाई नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिस्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको बताए ।

पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको वैज्ञानिक समाजवाद हो भनि प्रश्न समेत गरे । विश्वका पूँजीवादी देशहरु र कम्युनिस्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाइ थियो ।

पौडेलले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गरे । पौडेलले पूँजीवादीहरुले राज्यका सवै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिस्टले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए ।पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आर्दशको राजनीति अबलम्बन गर्नुपर्ने बताए । उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए । पौडेलले कम्युनिस्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सवै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>