चितवन विशेष
भरतपुरको लंकूमा लायन्सको रक्तदान

चितवन, असार २०
चितवनमा भइरहेको रगत अभावलाई कम गर्न आज भरतपुर महानगरपालिका–४ हरिकीर्तन चोक लंकूमा लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन गोल्डेनले सयुक्तरुपमा रक्तदान कार्यक्रम गरेका छन् । कार्यक्रममा चार महिला र ६७ पुरुष गरी ७१ जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लब अफ चितवन गोल्डेनका अध्यक्ष रामचन्द्र तिमिल्सेनाले स्वागत मन्तव्य राखेको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का प्रथम भाईस गर्भनर रामप्रसाद भट्ट थिए। कार्यक्रममा उनले मानविय सेवामा लागेका लायन्सकर्मीलाई गुणात्मक काममा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका भरतपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष हरि आचार्यले लायन्सले गरेका कामहरु आफूलाई राम्रो लागेको बताउँँदै सहकार्यका लागि आफु ईच्छुक रहेको बताए ।कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ कोअडिनेटरहरु हरि घिमिरे, दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, डेपुटी कोअर्डिनेटर राजेन्द्र गौतम, प्रबिना श्रेष्ठ, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पण्डित, डिपार्टमेन्ट चिफहरु, रिजोन तथा जोन चियर पर्सन लगायत क्लबका पदाधिकारी तथा सदस्य लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । एरिया नं ३ का सचिव पूर्णप्रसाद शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले गरेका थिए।
























