समाचार

बझाङ पहिरो : तीन जनाको शव भेटियो

Banner

बझाङ, असार २०-

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका तीन जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन ।

पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए। उद्धार टोली अहिलेसम्म घटनास्थल पुगेको छैन । वडाध्यक्ष बोहराका अनुसार स्थानीय आफैँ उद्धार गरिरहेका छन् ।

जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताएका छ्न् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>