Breaking News

चर्को विवादबीच स्थगित गरियो नेकपा स्थायी कमिटी बैठक

Banner

काठमाडौं, असार २०-

पार्टीभित्रको तीब्र विवादबीच शनिबारसम्म स्थगित गरिएको नेकपाको स्थायी कमिटी बैठक फेरि सोमबार सम्मका लागि स्थगित गरिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् ।

‘सहमतिको प्रयत्न गर्न दुई अध्यक्षबीच टेलिफोनमा संवाद गरी स्थायी समितिको बैठक दुई दिन स्थगित गर्नुभएको हो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार दुवै अध्यक्षबीच सहमति भएपछि महासचिव विष्णु पौडेलले स्थायी समिति सदस्यहरुलाई बैठक स्थगित भएकाे सूचना पठाएका थिए ।

उनका अनुसार केही समयपछि दुवै अध्यक्षहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुनेछ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>