Breaking News

नेकपा स्थायी कमिटि बैठक बस्दै, त्यसअघि दुई अध्यक्षबिच छलफल

Banner

काठमाडौं, असार २०-

नेकपा स्थायी कमिटिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठक डाकिएको छ ।

बैठक अघि पार्टीका दुई अध्यक्ष फेरि एकपटक बसेर समझदारी गर्ने तयारीमा रहेको बताइएको छ ।

स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन ्। अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने अडानमा हुनुहन्छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष तथा दुवै पद नछोड्ने ओलीको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेपछि त्यसले नेताहरुवीच झनै ठूलो तरंग पैदा गरेको छ ।

समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए ।

ओली–प्रचण्डको सो छलफलमा ओलीले आत्मालोचना गरी गएको मंसिर ४ गते भएको सहमति अनुसार अघि बढ्ने प्रारम्भीक सहमति बनेको बताइएको छ । ओली र प्रचण्डबिच शनिबार पनि छलफल हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>