Breaking News

गोरखा अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु

Banner

काठमाडौं, असार २०-

गोरखामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गएको छ ।

कतारबाट घर फर्केका पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति गोरखा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । असार १६ गते कतारबाट नेपाल फर्केका ती पुरुष १७ गते पालुङटार पुग्नुभएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>