Breaking News
बझाङमा पहिरो जाँदा १७ घर पुरिए, कम्तीमा ७ जना बेपत्ता
०

काठमाडौं, असार २०-
बझाङमा पहिरोमा १७ घर पुरिएका छन् । केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो गएको हो ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् ।
शुक्रबार राति वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले घर बगाएको प्रारम्भिक खबर आएको बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए ।
पहिरोले घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।
स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता भएको जानकारी दिएका छन्। राति घरमा सबै सुतेको वेला पहिरो आएकाले क्षति अलि बढी नै भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























