Breaking News

चितवनका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असार १९–

चितवनका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (शुक्रबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिका वडा नंं.६ का दुई जना, वडा नं.३, ८, १६ र २७ का एक/एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

उनीहरु २९ देखि ४९ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै भरतपुर क्वारेन्टिनमा रहेका छन् ।

आज चितवनका ६ र नवलपुर देवचुलीका ७ जना गरी कुल १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख अधिकारीले जानकारी दिइन् ।

आज कुल २२८ नमुना परीक्षण गरिएको डा.अधिकारीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>