Breaking News

ओली र दाहालबीच बालुवाटारमा ३ घन्टा छलफल, भएन कुनै सहमति

Banner

काठमाडौं, असार १९-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार ३ घन्टा छलफल भएको छ ।

पार्टीभित्र तीव्र विवाद देखिएर फुटकै संघारमा पुगेको बेला दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मध्यान्न १२ बजेदेखि ३ बजेसम्म वार्ता भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले दुई अध्यक्षबीचको छलफल सकिएको जानकारी दिए ।

दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

छलफलमा दुवै अध्यक्षले आ–आफ्ना कुरा राखे पनि कुनै सहमति भने नभएको एक नेताले बताए । ती नेताका अनुसार छलफल भोलि पनि जारी रहने छ ।

शनिबारका लागि तय भएको नेकपा स्थायी समिति बैठकअघि शीर्ष नेताहरुबीच सहमति निर्माणको प्रयास भए पनि यसले कुन रुप लियो भन्नेबारे स्पष्ट भइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>