Breaking News

चितवनको शुक्रनगरका युवकको शङ्कास्पद मृत्यु,आफ्नै बारीमा शव भेटियो

Banner

चितवन,असार १९-

पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो । उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ । खनालको मृत्यु शङ्कास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>