Breaking News

राष्ट्रपति भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री, मन्त्रिपरिषद् बैठक बस्दै

Banner

काठमाडौं,असार १८-

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्केका छन्। उनी बिहान सवा ११ बजे राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

प्रधानमन्त्री फर्किएसँगै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी हुँदैछ। बैठक बालुवाटारमै बस्नेछ आजै ११ बजे बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बोलाइएको भएपनि बैठक शुरू भइसकेको छैन। अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत स्थायी कमिटीका नेताहरू बालुवाटार पुगिसकेका छन्।

नेकपाभित्र अध्यक्ष ओलीलाई अध्यक्ष, प्रधानमन्त्री वा दुवै पदबाट राजीनामा दिन उनीइतर समूहका नेताले माग गरेका छन्। दुवै समूहका नेताहरूले छुट्टाछुट्टै भेला समेत गरेका छन्। आजै बिहान अध्यक्ष ओली पक्षका सचिवालय र स्थायी कमिटीका नेताहरूलाई अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>