चितवन विशेष
देवघाटको वृद्धाश्रममा खाद्यान्न वितरण
०

देवघाट, असार १७-
स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले देवघाट समाजकल्याण केन्द्र वृद्धाश्रमका ३५ जना वृद्धवृद्धालाई आज खाद्यान्न सामग्रीहरू वितरण गरेको छ ।
देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे र क्लबका अध्यक्ष शान्ति उपाध्याय पौडेलले चामल ६ बोरा, तेल २० लिटर, नुन २० केजी, सोयाबिन दुई बोरा, दाल २० केजी, चिनी १५ केजी र एक बोरा आलु सहयोग गरेका हुन् । आप्mनो दैनिक खर्चलाई कटौटी गरी सदस्यहरूबाट संकलन गरिएको रकमले राहत वितरणको लागि सहयोग जुटेको कार्यक्रम संयोजक सम्झना प्रधानले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























