Breaking News

आफु निकट मन्त्री र सांसद बोलाएर प्रधानमन्त्री ओलीले भने – मेरो पक्षमा बोलिदिनुस्

Banner

काठमाडौं, असार १७-

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट सांसद र मन्त्रीलाई बोलाएर सहयोग गरिदिन आग्रह गरेका छन् ।

ओलीले बुधबार बिहानै बालुवाटार बोलाएर पार्टीका १३ जना स्थायी कमिटी सदस्यहरूसँग आफूलाई सहयोग गरिदिन आग्रह गरेका हुन् ।

मंगलबार ओलीको पक्षमा रहेका कोही पनि स्थायी कमिटी सदस्यले बोलेका थिएनन्।

मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने नेकपाका १८ मध्ये १७ सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि ओली संकटमा परेका छन् ।

यहि संकट समाधानका लागि परामर्श लिन आज बिहान आफू निकट मन्त्री र सांसदलाई बालुवाटार बोलाएका थिए। करिब २ घन्टा भएको छलफलमा ओलीले आफुलाई अप्ठ्यारोमा पारिएको बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>