Breaking News

प्रधानमन्त्री पद संकटमा परेपछी ओलीले बोलाए आफूनिकट मन्त्री तथा सांसदलाई बालुवाटार

Banner

काठमाडौं, असार १७-

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहानै आफूनिकट मन्त्री तथा सांसदलाई सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

आफ्नै पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्रीले आफूनिकट मन्त्री तथा सांसदलाई बालुवाटारमा बोलाएका हुन् ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत ओलीनिकट मन्त्री तथा सांसद भेला भएका छन्। साथै बैठकमा मध्यमार्गी विचार राख्ने पूर्वमाओवादीका केही सांसदलाई पनि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सत्ता संघर्षका विषयमा छलफल गर्न तथा सल्लाह लिन आज बिहानै साढे ७ बजे आफूनिकट नेताको बैठक आह्वान गरेको नेकपाका एक नेताले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>