Breaking News

चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असार १७–

चितवनका १३ जनासहित २५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको मंगलबार गरिएको परीक्षणमा आज (बुधबार) बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै १० जना छन् भने दुई जना माडी र एक जना राप्ती नगरपालिकाका हुन् । भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा माडी नगरपालिका–५ र ३ का २५ र ७३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ र २२ बस्ने २६ र ५० वर्षीय पुरुष, भरतपुर–११ बस्ने वर्ष ४५ की एक महिला रहेका छन् ।

यस्तै नारायणी सामुदायिक हस्पिटलमा उपचाररत खैरहनी नगरपालिका का ६१ वर्षीय पुरुष र राप्ती नगरपालिका–१ की १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुर महानगरपालिकाको वडा नंं.९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज नै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>