चितवन विशेष

चितवनमा बाघको आक्रमणबाट एक सैनिक घाइते

Banner

चितवन, असार १६–

चितवनमा बाघको आक्रमणबाट एक सैनिक घाइते भएका छन् ।

आज (मंगलबार) दिउँसो चितवन राष्ट्रिय निकुञ्जको ढाक्रेखोला ईलाकामा बाघले एक्कासी आक्रमण गर्दा सैनिक भरत विक घाइते भएका हुन् ।

घ गुल्म मेघौली अन्तरगत सुरुङखोला पोष्ट गएको पेट्रोल टोली फर्कने क्रममा उनलाई बाघले आक्रमण गरेको हो ।

सैनिकको पाखुरा र कोखामा चोट लागेको छ । उनलाई घटनास्थलबाट गोलाघाटसम्म हात्तीमा ल्याएर साँझ ६ः२० बजे भरतपुर अस्पताल ल्याईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>