Breaking News

प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना, प्रचण्ड, माधव र झलनाथले मागे राजीनामा

Banner

काठमाडौं, असार १६–

प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमा राजीनामा माग भएको छ ।

बालुवाटरमा जारी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पार्टी बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध नेताहरु खनिएका हुन् । पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए ।

बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका हुन्।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>