कर्पोरेट

काठमाडौँमा ‘दादुरा–रुबेला खोप अभियान’

Banner

काठमाडौं, असार १५-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान–पुनःसुचारु गरेको छ ।

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ।

गत वर्ष फागुनमा सुरु गरिएको यो बहुप्रतिक्षित खोप अभियान कोरोना भाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन। काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाइ असार ११ बाट सुरु भएको छ । यो अभियानमा काठमाडौं महानगरपालिका भित्र रहेका एक लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने सरकारी लक्ष्य छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धिकार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत वर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यही समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोपअभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकारलाई सहयोग पु¥र्याउँदै आएको छ।

यो सहकार्यले बालबालिकाको जीवनरक्षासँगै सन् २०२३ सम्ममा दादुरा रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ । एनसेलले सरकारलाई कोरोना भाइरससम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै आएको छ । यस अघि एनसेलले डेँगुको बारेमा जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>