मकवानपुर

धान दिवसमा आश्रमलाई खाद्यान्न सहयोग

Banner

हेटौंडा, असार १६–

राष्ट्रिय धान दिवसको अवसरमा ‘असाहयहरुका लागि सहयोगी हातहरु’ संस्थाले वृद्धाश्रममा रहेकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

दही जस्तै शुद्ध मन र दही सङ्ग जोडिएको चिउरा जस्तै दिगो सम्बन्धको लागि सो संस्थाले हेटौंडा–१५ रातोमाटेमा रहेको दिब्य सेवा निकेतनका जेष्ठ नागरिकहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।

यस्तै संस्थाले उनीहरुलाई दही चिउरा समेत खुवाएको छ । आश्रय स्थलमा रहेका आमा बुवाहरुलाई असार महिनाको याद दिलाउँदै खुसी साट्नको लागि सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक निसक दङगालले बताए । संस्थाकी अध्यक्ष रोशनी दङगालको अध्यक्षतामा भएको कार्यक्रममा आकृती ढुङ्गेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

सो कार्यक्रमको प्रमुख अतिथिमा लियो जिल्ला परिषद ३२५ बी २ नेपालका हङगर रिलिफ प्रोग्राम चिफ एवंम संस्थाका प्रबन्ध निर्देशक रुपेश भट्ट रहेका थिए ।

कार्यक्रममा दिब्य सेवा निकेतनका सल्लाहाकार केदार न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>