चितवन विशेष
चितवनमा स्कार्पियो दुर्घटना, हेटौंडाकी प्रभाको मृत्यु
०

चितवन, असार १५–
चितवनको भरतपुरमा आज (सोमबार) भएको सवारी दुर्घटनामा हेटौंडाकी एक महिलाको मृत्यु भएको छ ।
आज साँझ ५ः५० बजेको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१९स्थित सत्र किलोमा मुग्लिन बाटनारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको नम्बरको ग्यास बुलेट एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा स्कार्पियोमा सवार ५ जना नै घाईते भएका थिए ।
जसमध्ये उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मकवानपुर हेटौडा उपमहानगरपालिका– ५ बस्ने बर्ष ४८ की प्रभा गौतमको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको ।
दुर्घटनामा सोही स्थान बस्ने वर्ष ५३ का कृण्ण धिताल, वर्ष २७ की वर्षा धिताल, वर्ष ४५ का राजन घिमिरे, वर्ष २५ का अनुज धिताल घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























