कृषि
धान दिवसमा हंस प्राङगारिक कृषि फार्ममा रोपाईँ

भरतपुर, असार १५-
धान दिवसको अवसरमा भरतपुर महानगरपालिका–१५ स्थित हंस प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रमा रोपाइँ गरिएको छ ।
हंस बहुउदेश्यीय सहकारी नारायणगढले गरेको कार्यक्रममा सहकारीका पदाधिकारी, विभिन्न समिति उपसमितिको पदाधिकारी, सहरकारीद्वारा सञ्चालित कृषि फार्मका सञ्चालक सदस्य एवम् कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले धान कृषि क्षेत्रकै मुख्य बाली भएको बताउँदै धानको उत्पादन वृद्धि नगरि कृषिमा आत्मनिर्भर हुन नसकिने बताएका थिए ।

कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिनेशकुमार चुकेले नेपाली समाजको मुख्य खाद्यबाली धान भएको बताउँदै आधुनिक कृषि प्रणालीमा ध्यान दिनुपर्ने बताए । हंस प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रले नितान्त प्राङ्गारिक कृषि उत्पान गरेको बताउँदै उनले स्वास्थ्यको हिसाबले पनि प्राङ्गारिक कृषि उत्पादनको प्रयोमा ध्यान दिनुपर्ने बताए ।
अझै पनि प्राङ्गारिक कृषि उत्पादनको उपयोगिताको बारेमा बुझाउन नसक्दा प्राङ्गारिक उत्पादनले राम्रो बजार पाउन नसकेको उनको भनाइ थियो । प्राङ्गारिक कृषि उत्पादनमा हंस सहकारी एक नमुना सहकारी बन्न सफल भएको बताउँदै उनले अन्य संघसस्थाहरुले पनि प्राङ्गारिक खेती तर्फ जोड दिनु पर्ने बताए । कार्यक्रममा प्राङ्गारिक कृषि उत्पादन अभियन्ता चन्द्रप्रसाद अधिकारीले प्राङ्गारिक उत्पादनको बारेमा प्रचार प्रसार आवश्यक रहेको बताउँदै कृषिमा आत्मनिर्भर हुनको लागि धान उत्पादनमा जोड दिनु पर्ने विचार राखे ।
























