Breaking News

नेपाल–चीन सीमामा कुनै समस्या छैन, भ्रमक समाचार प्रकाशित भयाे : परराष्ट्रमन्त्री

Banner

काठमाडौं, असार १५-

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल चीन सीमामा कुनै समस्या नभएको बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियसभाको सोमबारको बैठकमा चीनले सीमा मिच्यो भनेर फर्जी प्रतिवेदन कसले बनायो भन्ने बारे सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । हालै पत्रपत्रिकाहरुमा नेपालको भनि दाबी गरिएको रुइ गाउँ चीनकै रहेको उनले बताए । मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा कुनै सीमासम्बन्धि समस्या नरहेको पनि प्रष्ट पारे।

उनले राष्ट्रियसभामा भने, ‘नेपाल, भारत र चीनको तृदेशीय विन्दु पहिचान हुन बाँकी छ। चीनतर्फको १ नम्बर सीमा स्तभ तिन्कर भञ्ज्याङबाट पूर्वमा छ । शून्य नम्बरको सीमा वा तृदेशीय विन्दु टुंगो लाग्ने बित्तिकै हुन्छ। भारतसँगको विवादको कारण तृदेशीय विन्दु पहिचान हुन सकेको छैन।’

यस्तै सगरमाथाको उचाइ स्नो लाइनलाई मान्ने कि रक वेसलाई मान्ने भन्ने विषयमा चीनसँग छलफल गरिरहेका उनको भनाइ थियो। ‘हामीले स्नो लाइनलाई पहिलेदेखि आधार मानेर ८ हजार ८ सय ४८ मिटर उचाइ मानेर आएका छौं, संसारभरले त्यही भनिराखेको छ तर बीचमा चीनले नापी गर्दा हिउँको रेखाभन्दा तल वास्तविक रक कति हो त? भनेर हेर्दा ८ हजार ८ सय ४४ दशमलब ४३ भनेर किटान ग¥यो’, उनले भने, ‘सगरमाथाबाटै सीमाना जाने कारणले गर्दा त्यसको उचाइ दुबै देशको सहमतिबाट मात्र टुङ्ग्याउने अवस्था आएका कारण त्यो विषय टुंगिएको थिएन, त्यतिबेलासम्म नेपालले आफ्नो तर्फबाट नापी गरेको अबस्था थिएन।’

उनले नेपालले एक वर्षअघि नै सगरमाथाको उचाइ नापेको बताए। ‘गतवर्ष नेपालले नापी विभागका कर्मचारीबाट जोखिम मोलेर सगरमाथाको उचाई नाप्नुभएको छ, डाटा प्रोसेसिङका काम करिव करिव सकिएका छन्, यसबीचमा चीनतिरबाट पनि आफ्नोतिरको पाटो नाप्नुभएको छ’, उनले भने, ‘दुबै देशका बीचमा सूचना आदानप्रदानको काम पनि भइसकेको छ र छिट्टै नेपालको तर्फबाट सगरमाथाको उचाई घोषणा गर्ने तयारी हुँदैछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>