Breaking News
सुदूरपश्चिममा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि
०

कैलाली, असार १५-
सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७ संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
पुष्टि भएका मध्ये कैलालीका २१ पुरुष र ८ महिला, बाजुराका ४९ पुरुष र ४७ महिला, डाटीका ५२ पुरुष र १७ महिला र दार्चुलाका २ पुरुष रहेका छ्न् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा २, त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६४, कर्णाली अस्पताल प्रयोगशालामा ३२, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
योसगै सक्रिय संक्रमितको संख्या १ हजार ८९९ पुग्यो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























