देश/प्रदेश
छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक
०

चितवन, असार १४-
विजी बर्मा फिल्मसको व्यानरमा निमार्ण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ ।
समसामयिक विषयवस्तुमा तयार पारिएको छोटो फिल्ममा राष्ट्रिय सम्पदाको सरक्षण र समाजमा व्याप्त विकृतिलाई सफल रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा किशोर खतिवडाको लेखन, पटकथा तथा निर्देशन रहेको छ । फिल्मको निमार्ता कला राई रहेकी छन् । विभिन्न सफल ब्यानरमा निमार्ण भएका चलचित्रमा आफनो छुट्टै अभिनय कला प्रस्तुत गरेका नायक किशोर खतिवडाको यसमा विशेष भूमिका रहेको छ ।
फिल्ममा राजन मर्हजन , मिलन तामाङ ,निशान स्यानताङ पूर्ण, माया थिङ, क्षितिज लामा , राजु स्यान्ताङ, अमर थिङ ‘जङगे’, श्री माया बोम्जन , विपना तामाङको अभिनय रहेको छ । दिवश गुरुङको छायांकन तथा कमल खालिङको सम्पादन सो भिडियोमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























