Breaking News

भरतपुरका सामुदायिक वनमा पाँचसय जडिबुटी र फलफुलका विरुवा रोपियो

Banner

चितवन,असार १४-

भरतपुर महानगरपालिका भित्र रहेका दुई सामुदायिक वनमा जडिबुटी र फलफुलका विरुवा रोपिएको छ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर भरतपुर ११ को नवजागृती सामुदायिक वन र भरतपुर १२ को रामवेल सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । चितवन क्षेत्र नं.२/२ का सांसद विजय सुवेदीले नवजागृती सामुदायीक वनमा एभोग्राडो र रामवेल सामुदायीक वनमा वेलको विरुवा रोपेर वृक्षारोपण शुभारम्भ गरे । सांसद सुवेदीको नेतृत्वमा भरतपुर एक बगैचा अभियान संचालन भइरहेको छ ।

सामुदायिक वनलाई उत्पादनसंग जोड्न जडिबुटी र फलफुलका विरुवा रोपिएको सांसद सुवेदीले बताए । उनले कुनैपनि जमिन खाली नहुने गरी फलफुलका विरुवा रोप्ने अभियान संचालन गरिरहेको जानकारी दिए । ‘आजदेखि शुरु भएको बृक्षारोपण अभियान यो महिनासम्म जारी रहन्छ, उनले भने’,भरतपुरका ७ वडामा ५० हजार बढि बिरुवा रोप्दैछौं । उनले आफुले परिकल्पना गरेको भरतपुर एक बगैचाको प्रारम्भिक चरणका काम भइरहेको बताए ।

‘प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ, सांसद सुवेदीले भने’,यसलाई उपायोग कसरी गर्ने हाम्रो हातमा छ ।’ समय र परिस्थितिले पुनः हामीलाई प्रकृति अनुकुलन जिवन जिउनुपर्छ भन्ने पाठ सिकाएको भन्दै उनले त्यसका लागि आजैदेखि काम गर्नुपर्ने बताए । उनले सबै वडामा एक व्यक्ति एक विरुवा अभियान चलाउनुपर्ने धारणा राखे । जंगलमा जडिबुटी र घरमा फलफलुका विरुवा रोपेर भरतपुरलाई एक सुन्दर बगैचाको रुपमा परिणत गर्नुपर्ने उनको जोड छ । रोपिएका विरुवाको संरक्षणका लागि पनि निरन्तर अभियान चलाइने उनले बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सामुदायीक वनमा रोपिएका बहुरुपी विरुवाको संरक्षणमा जोड दिए । उनले एकदिन मात्र नभइ निरन्तर बृक्षारोपण र संरक्षणका कार्यक्रम गरिनुपर्ने बताए । संकटको समयमा पनि सामाजिक दुरी कायम गरेर नियमित कामहरु गरिरहेको भट्टराइले बताए ।

नवजागृती सामुदायीक वनका अध्यक्ष पुस्तक गौतमले वरण्डाभार क्षेत्रमा रोपिएका जडिबुटी र फलफुलले मानिस र बन्यजन्तु दुवै लाभाम्वित हुने बताए । वनजंगलमा खानेकुरा नहुँदा बन्यजन्तु मानिसको बस्ती पस्ने गरेका छन्, वनमै फलफुलका विरुवा रोपिदिए बन्यजन्तु वनमै रामउनेछन,उनले भने ।

वनमा हर्रौ, बर्रो, अमला, चिउरी, एभोग्राडो, अगररुड, निम, वेल, गुर्जो, अम्बा, आँप लगाएतका विरुवा रोपिएको छ । सामुदायीक वनको आयोजना, वे गु्रपको समन्व र डिभिजन वन कार्यालको सहयोगमा बृक्षारोप गरिएको हो ।

कार्यक्रममा भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारी, १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवा, नेकपा चितवनका नेता तेजेन्द्र खड्का, भरतपुर महानगर कमिटी सचिव इश्वर सापकोटा सुमन, ११ नम्वर वडा कमिटी अध्यक्ष प्रकाश आचार्य, रामवेल सामुदायिक वनका अध्यक्ष वेदबहादुर थापा, वे गु्रपका संयोजक भोजनारायण कँडेल लगाएत राजनितिक दल, टोल विकास संस्था र सामुदायीक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>