Breaking News

चितवनमा भित्रियो सलह किरा, सतर्क रहन कृषि ज्ञान केन्द्रको आग्रह

Banner

चितवन, असार १३–

चितवनमा पनि सलह किरा भित्रिएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा सलह किरा देखिएको हो । स्थानिय सामाजिक अभियान्ता मुरलीप्रसाद गजुरेलका अनुसार पर्सा बजारको आकाशमा सलह किरा देखा परेको छ ।

यस्तै जिल्लाका अन्य क्षेत्रमा समेत सलह किरा देखा परेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार पूर्वीचितवनका विभिन्न स्थानमा सलह किरा देखा परेको छ । केन्द्रका प्रमुख राजन ढकालले किसानहरुबाट सलह किरा देखा परेको जानकारी प्राप्त भएको बताए । उनले भने–‘किसानहरुले सहल किरा देखा परेको जानकारी गराएका छन्, हामी आइतबार अनुगमन गर्न जान्छौं ।’ सलह किराले बालीनाली खाने भएकाले सतर्क रहन किसानहरुलाई उनले आग्रह गरेका छन् ।

आज (शनिबार) बिहान भारतको बिहार हुँदै नेपालमा सलह किरा भित्रिएको थियो । सुरुमा बारा जिल्लामा देखा परेको सलह किरा बेलुकासम्म पहाडी जिल्लामा समेत देखा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>