Breaking News

शनिबारको दिन सरकारी गाडी चढेर गैँडाकोटकी उपमेयर बिहेभोजमा

Banner

गैँडाकोट, असार १३-

लकडाउनको समयमा सरकारले बिहेमा हुने सहभागिको संख्या र भोजमा कडाइ गरेको छ । कुनै पनि विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने सरकारी निर्देशन छ । तर, सरकारी निर्देशनलाई बेवास्ता गर्दै कतिपय भने भव्य बिहे भोजको आयोजना गरिरहेका भेटिन्छन् । अचम्मको कुरा त के छ भने गैँडाकोटकी उपमेयर विष्णुकुमारी कँडेल आफैँ आज शनिबार दिन सरकारी गाडी चढेर बिहेभोजमा पुगिन् । यो लकडाउनको समयमा सरकारी साधनस्रोत र निर्देशनको चरम दुरुपयोग थियो ।

गैँडाकोट नगरपालिका–१७ स्थित होटल रेड हाउसमा उपमेयर सरकारी बा २ झ १३४९ नम्बरको रातो गाडी चढेर जन्तीसहित पुगेकी हुन् । २०० बढी जन्ती सहभागी भएको बिहे भोजमा उपमेयरलाई सरकारी गाडीमा देखेपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयले कोरोनाको कहरको समयमा धेरै जन्ती लिएर उपमेयर किन आएको भनेर सोध्दा उनले आफूले २५ जना मात्र जन्ती ल्याउन आग्रह गरे पनि धेरै आएको स्वीकार गरिन् । छिमेकीको बिहे भएका कारण आफू सहभागी भएको उनले बताएकी थिइन् ।

सो क्रममा स्थानीयले चर्काे विरोध गरे पछि उनी विवाह स्थल छाडेर बाहिरिएकी थिइन् । नवलपुरमा पनि हरेक दिन कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । भीडभाड र जमघटले कोरोनाको जोखिम झन् थपिँदै गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>