Breaking News
कृषिमन्त्री भन्छन् : ४० वर्षसम्म कृषि क्षेत्रमा बिगार्ने काममात्रै भयो

काठमाडौं, असार १३-
४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले बताएका छन् ।
लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताए। ३०÷४० वर्षदेखि बिग्रदै आएको कृषि ३ वर्षभित्रमा सुधार्न चुनौति रहेको समेत उनले बताए।
एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०-४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए ।
लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताए। ३०-४० वर्षदेखि बिग्रदै आएको कृषि ३ वर्षभित्रमा सुधार्न चुनौति रहेको समेत उनले बताए।
उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको बताए। ‘हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बर्बाद पारेको होइन। हामीले बहुत मेहनतले बर्बाद परेका छौं’, उनले भने, ‘हाम्रो कृषि व्यवस्थालाई बर्बाद पार्न हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं, के के गर्यौं, गर्यौं। यो कृषि व्यवस्था बिगार्नका लागि।’
























