चितवन विशेष

भरतपुरका २८ टोलमा हजारौँ विरुवा वितरण

Banner

चितवन, असार १३

भरतपुर महानगरपालिका वडा नम्बर ११ का २८ वटा टोललाई हरियाली बनाउन विभिन्न रुखका विरुवा वितरण सुरु गरिएको छ ।

जिल्ला वन कार्यालयको सहयोगमा वे ग्रुप गैरसरकारी संस्थाले सो विरुवा वितरण गरेको हो । पहिलो चरणमा आज वे ग्रुपकी सहजकर्ता विनिता कँडेलले वडा कार्यालयबाट सो विरुवाहरु वितरणको थालनी गरेकी हुन् । उनले मृगकुञ्ज टोलका सचिव मधुसूदन दवाडीलाई अमला, हर्रो र शीतल चिनीको विरुवा वितरण गरेर वितरणको काम सुरु गरिन् । ११ नम्बर वडामा २८ वटा टोलहरुले कटहरका ४०० विरुवा, कागतीका १८८, अम्बा ५४९, एभो काडो एक हजार ३८७, आँप दुई हजार ४६०, लिची ३१३०, शीतल चिनी ६२३, जामुन १५९, हर्रौ र बर्रो १७४, अमला ५०४ र वरपिपल ४४ वटा माग गरेको वे गु्रपकी विनिता कँडेलले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>