Breaking News

नेकपा स्थायी समिति बैठकको तेस्रो दिन : आज पनि बसेनन् ओली

Banner

काठमाडौं, असार १३-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

शुक्रबार दोस्रो दिनको बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका छन्।

तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् ।

दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए ।

शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोेही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>