Breaking News

कोरोना संक्रमितको शव व्यवस्थापन भरतपुरको कालीबहादुर गणले गर्दै

०
Banner

चितवन, असार १३–

चितवनमा आज (शनिबार) बिहान मत्यु भएका कैलाली गोदावरी नगरपालि–७ का ५० वर्षीय कोरोना संक्रमितको शव भरतरपुस्थित नेपाल आर्मीको कालीबहादुर गणले व्यवस्थापन गर्ने भएको छ ।

भरतपुर अस्पतालको सघन कक्ष (आइसीयू)मा रहेको शवको अहिले आर्मीको शव व्यवस्थापन टोली व्यवस्थापनको तयारी गरिरहेको छ ।भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले परिवारकै सल्लाहमा चितवनमै कालीबहादुर गणले शव व्यवस्थापनको तयारी गरिरहेको जानकारी दिए ।

भरतपुर अस्पतालमा उपचारको क्रममा ती कोरोना संक्रमितको विहान ७ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । असार १० गतेदेखि चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको बिहीबार राती कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनलाई असार ११ गते राती १० बजे भरतपुर अस्पतालमा सारिएको थियो ।

विहानसम्म अवस्था सामान्य भएकाले उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । दिउँसोदेखि श्वासप्रश्वासमा समस्या देखिदै गएपछि सघन कक्षमा सारिएको ती पुरुष फोक्सोको क्यान्सरका बिरामी थिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । यसअघि कोरोना संक्रमित चितवनका एक ६७ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा जेठ २७ गते मृत्यु भएको थियो । उनको पनि कालीबहादुर गणको टोलीले नै शव व्यवस्थापन गरेको थियो ।

फोटोः फाइल 

यो पनि पढ्नुहोस्

चितवनमा थप एक जना कोरोना संक्रमितका मृत्यु

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>