Breaking News
विश्वभर कोरोना संक्रमितको संख्या झण्डै १ करोड पुग्यो
०

काठमाडौं,असार १३ –
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार ७७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
विश्वभरका संक्रमितमध्ये ५३ लाख ५० हजार ९ सय जना कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ । यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् ।
सयुंक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार नयाँ संक्रमित थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























