Breaking News
चितवनमा थप २ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५७ पुग्यो
०

चितवन,असार १२-
चितवनमा थप दुई जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको हो । राप्ती नगरपालिका ५ का ४० बर्षिय पुरुष र भरतपुर महानगरपालिका १३ का २७ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
प्रयोगशालामा शुक्रबार १ सय ९ वटा नमूना परीक्षण गरिएकोमा १ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो संगै चितवनमा संक्रमितको संख्या ५७ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























