Breaking News
कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो
०

काठमाडौं, असार १२–
नेपालमा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
हिजो (बिहीबार) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएकी एक महिलाको स्वाब परीक्षण गर्दा आज (शुक्रबार) रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
नाम, ठेगाना नखुलेको ती महिलाको पहिचान गर्ने कार्य भइरहेको बताए । हिजो ती महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । तत्कालै ती महिलाको सोही प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा आज नतिजा पोजिटिभ आएको हो ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको प्रवक्ता डा.गौतमले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























