गण्डकी

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुग्यो

Banner

पोखरा, असार १२–

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

आज (शुक्रबार) विहानसम्ममा कुल संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।

गण्डकी प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा २५ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक संक्रमित हुनेमा पूर्वी नवलपरासीका २१, तनहुँका दुई, स्याङ्जा र बागलुङका १÷१ जना रहेका छन् ।

संक्रमितमध्ये १ सय १ जना निको भएका छन । त्यस्तै स्याङ्जाका दुई जना संक्रमितको मृत्यु भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>