Breaking News

चितवनमा आज एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि, माडीका मात्रै ९ जना

Banner

चितवन, असार ११–

चितवनमा आज (बिहीबार) राती एकैदिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र १० पुरुष गरी चितवनका १२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा माडी नगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुष रहेका छन् ।

यस्तै भरतपुर महानगरपालिका–१६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वीचितवन रत्ननगर नगरपालिका–४ की २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । चितवनका कोरोना संक्रमित सबै क्वारेन्टिनमै बसिरहेका थिए । उनीहरुको क्वारेन्टिमै स्वाब संकलन गरिएको थियो ।

यस्तै पूर्वी नवलपरासीको कावासोती र गैंडाकोट नगरपालिकामा गरी २१ जनामा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाका १४ र गैंडाकोट नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कावासोतीका २५ र ३७ वर्षीया महिलासहित १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गैंडाकोट नगरपालिकाका २३ देखि ५३ वर्ष उमेर समूहका ७ जना पुरुष रहेका छन् । यस्तै चितवन मेडिकल कलेजमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती कुल २१४ वटा नमुना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

बिहीबार माडी नगरपालिकाको २९, गैंडाकोट नगरपालिकाको १८, कावासोती नगरपालिकाको ६६, भरतपुर अस्पतालको ११, भरतपुर महानगरपालिकाको २४, सेन्ट्रल हस्पिटलको १, नेशनल सिटी हस्पिटलको १, चितवन मेडिकल कलेजको ७, पुरानो मेडिकल कलेजको १४, खैरहनी नगरपालिकाको १२, रत्ननगर नगरपालिकाको १०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ जना गरी कुल २१४ वटा नमुनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>