चितवन विशेष
भरतपुरमा आर्मीको गाडी र ट्याङकर ठोक्कियो, चार जना घाइते
०

चितवन, असार ११–
चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीस्थित जंगलमा आर्मीको टु टन गाडी र ट्याङकर ठक्कर खाएको छ ।
आज (बिहीबार) अपरान्ह ५ः३० बजे भएको दुर्घटनामा आर्मीका चार जना कर्मचारी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
म्याग्दीबाट सुनसरीका लागि २१ जना कर्मचारी लिएर जाँदै गरेको बा १ गत २१४५ नम्बरको टु टन गाडी र सोही दिशाबाट आइरहेको ना ३ ख ९१२५ नम्बरको ट्याङकर पछाडीबाट ठक्कर दिएको थियो । उनीहरु चारै जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा गोरखा सहिदलखन गाउँपालिका–८ रामशरण थापा, लमजुङको मध्यनेपाल गाउँपालिका–४ बस्ने वर्ष २२ का राजन घताने, भरतपुर–११ का हरिबाबु पन्त र लमजुङ बेशीशहर–२ बस्ने विशाल थापा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























