Breaking News

चितवन घर भएका व्यक्तिको कोरोनाले काठमाडौंमा मृत्यु

Banner

चितवन, असार ११–

चितवन घर भएका एक व्यक्तिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट काठमाडौंमा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन घर भएका ४९ वर्षीय पुरुषको काठमाडौंको पाटन अस्पतालमा आज (बिहीबार) मृत्यु भएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पुष्टि गरेका छन् । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो । ती पुरुषको असार ४ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको पुष्टि गरेको छ । ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको बुधबार राति मृत्यु भएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जानकारी दिए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, वीरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>