Breaking News

पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

Banner

काठमाडौं, असार ११-

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित अर्का एक व्यक्तिको बिहीबार मृत्यु भएको छ। उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो ।

चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।

ललितपुरमा मृत्यु हुने यी दोस्रो कोरोना संक्रमित व्यक्ति हुन्। यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका उनमा असार ५ गते संक्रमण पुुष्टि भएपछि पाटन अस्पताल ल्याइएको थियो।

उनको मृत्यु भएपछि शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली पाटन अस्पताल पुगिसकेको छ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>