Breaking News
चितवनमा भारी वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

चितवन, असार ११
चितवनमा बाढीको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखा काठमाडौँले आज एक सूचना जारी गर्दे सो आग्रह गरेको हो । महाशाखाका अनुसार अहिले देशभर मनसुन सक्रिय भई विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले चितवनसहित सप्तरी, सिराहा, धनुषाको धेरै स्थान, सर्लाही, रौतहट, महोत्तरी, बारा, पर्साको, झापा, मोरङ, सुनसरी, उदयपुर, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया आसपास केही स्थानमा मध्यम(भारी वर्षा मापन, उक्त स्थानका साना नदीमा आकस्मिक बहावको संभावना रहेकोले सतर्क रहन आग्रह गरेको छ ।

(फाइल फोटो)
























