चितवन विशेष
जन्मदिनमा मजदुर परिवारलाई राहत वितरण
०

चितवन, असार ११–
भरतपुरकी एक किशोरीले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई राहत वितरण गरेर जन्मदिन मनाएकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर–२ क्षेत्रपुरकी आकृति राजभण्डारीले भरतपुर–११ लामा टोलका ३५ घर विपन्न परिवारलाई राहत वितरण गरेकी हुन् । लकडाउनले प्रभावित बनेको परिवारलाई थेरै भएपछि राहत महसुस हुने गरी सहयोग गरिएको आकृतिले बताइन् । उनले फजुल खर्च नगरेर राहत वितरण गरेकी हुन् ।
प्रत्येक परिवारलाई १५ किलो चामल, तेल, नुन, साबुन र मास्क वितरण गरिएको आकृतिका बुवा भरतपुर अस्पतालका पूर्वअध्यक्ष राजकुमार राजभण्डारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























