Breaking News
सप्तरीमा बिहान चट्याङ् लागेर ४ को मृत्यु
०

सप्तरी, असार ११-
सप्तरीमा बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर चार जनाको ज्यान गएको छ । चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।
डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका-२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका- ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























