Breaking News

स्याङ्जाका थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या २५ पुग्यो

Banner

काठमाडौं, असार ११-

नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।

स्याङ्जा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति पोखरामा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ। कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>