Breaking News

कालिका नगरपालिकाको बजेट एक अर्ब बढी

Banner

चितवन, असार १०–

पहाड र समथर भूगोल मिलेर बनेको चितवनको कालिका नगरपालिकाले आगामि वर्षका लागि १ अर्ब भन्दा बढी बजेट ल्याएको छ ।

बुधबार आयोजित सातौँ नगर सभाले आगामि आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ४ करोड ९२ लाखको बजेट पारित गरेको हो । चालुतर्फ ३४ करोड ७५ लाख ९० हजार अर्थात ३३.१२ प्रतिशत तथा पूँजीगततर्फ ७० करोड १६ लाख ३९ हजार रुपैयाँ अर्थात ६६.८८ प्रतिशत रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।

कुल बजेट मध्येबाट आर्थिक विकासका लागि ६ करोड ९१ लाख, पूर्वाधार विकासतर्फ ५७ करोड ६ लाख, सुसासन तथा अन्तरसम्वन्धित क्षेत्रका लागि १ करोड ३४ लाख, सामाजिक विकासका लागि ३० करोड २३ लाख, कार्यालय संचालन तथा प्रशासनिक कार्यका लागि ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

नगर सभाले असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रम दफावार छलफलपछि पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>