Breaking News

माडी नगरपालिकाको बजेट ८८ करोड ७० लाख, कृषि र पूर्वाधार विकास प्राथमिकता

Banner

चितवन, असार १०–

माडी नगरपालिकाले नीति तथा कार्यक्रमसंगै बजेट प्रस्तुत गरेको छ । आज (बुधबार) पाचौँ नगर सभामा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख ताराकाजी कुमारी महतोले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गरेकी छन् ।

उपप्रमुख महतोले आर्थिक वर्ष २०७७/७८ को लागि ८८ करोड ७० लाख ३८ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनका अनुसार नगर पूर्वाधार विकासमा २५ करोड २९ लाख विनियोजन गरिएको छ । यस्तै उत्पादनशील क्षेत्र अन्तरगत कृषि तथा पशु स्वास्थ्यमा ३ करोड, विदेशबाट आएका युवाहरुलाई उत्पादनमुलक कार्यमा सहभागि गराउन युवा लक्षित स्वरोजगार कार्यक्रमका लागि २ करोड ८ लाख ६५ हजार रुपैयाँ, पर्यटन तथा उद्योग क्षेत्रमा ८५ लाख गरी समग्र आर्थिक विकास उत्पादनको क्षेत्रमा २ करोड ९३ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख महतोले जानकारी दिइन् ।

यसैगरी सामाजिक विकास अन्तरगत शिक्षातर्फ २१ करोड ९३ लाख ९२ हजार, स्वास्थ्यतर्फ पाँच करोड ११ लाख ४५ हजार, विपन्न तथा लक्षित वर्गतर्फ २ करोड ८ लाख ६५ हजार रुपैयाँ, वातावरण तथा सरसफाई र विपद् व्यवस्थापनतर्फ एक करोड, सुशानस, सेवा प्रवाह, कार्यालय संचालन तथा संस्थागत विकासतर्फ १७ करोड ५३ लाख ५ हजार र वडास्तरबाट संचालन गरिनुपर्ने अत्यावश्यक कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख महतोले जानकारी दिइन् ।

यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ढकालले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>