चितवन विशेष
चितवनका किसानलाई पाँच ट्याक्टर सहित मेसिनरी औजार वितरण

चितवन,असार ९-
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्यन इकाई चितवनले कष्टमहाईरिङ्ग सेन्टर स्थापनाका लागि मेशिनरी औजार हस्तान्तरण गरेको छ । परियोजनामा सुचिकृत किसानलाई ५० प्रतिशत अनुदानमा ५ वटा ट्याक्टर तथा मेसिनरी औजार वितरण गरेको हो ।
आर्थिक २०७६/०७७ को बर्षिक स्वीकृत कार्यक्रम अन्रतगत सहकारी समुह, कृषक समुह तथा कृर्षि फर्मलाई ६१ लाख बराबरका ट्याक्टर तथा मेसिनरी औजार वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जानकारी दिएको छ । तरकारी, केरा र धान जोन अन्तरगर्तका किसानलाई कष्टमहाईरिङ्ग सेन्टर स्थापनाका लागि ट्याक्टर तथा मेसिनरी औजार वितरण गरिएको हो ।
कालिका नगरपालिकामा रहेको कुमार केरा बगान, रत्ननगर नगरपालिका ११ मा रहेको सफल केरा फर्म, साना किसान कृषि सहकारी बछ्यौली, ग्रीन भ्याली एग्रिकल्चर फर्म भरतपुर ६ र रेग्मी तरकारी फर्म भरतपुर २५ लाई ट्याक्टर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिनुभयो ।
बुधबार वितरण गरिएका ट्याक्टर तथा मेसिनरी औजारबाट जिल्लाका १ हजार भन्दा बढि किसान लाभाम्बित हुने अनुमान गरिएको छ । कम्तिमा ७० विघासम्म खेति गर्ने कृषक समुह, सहकारी तथा फर्महरुलाई ट्याक्टर तथा मेसिनरी औजार वितरण गरिएको परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । जोन कार्यक्रम अन्तरगत वितरण गरिएकाले आवश्यक परेको खण्डमा अन्य किसानहरुलाई पनि प्रयोग गर्न दिनुपर्ने बताउनुभयो ।
यस्तै ट्याक्टर हस्तान्तरणबोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले कृषि उपजको लागत घटाउनका लागि किसानहरु यान्त्रीकरणमा जानुपर्ने बताउनुभयो । उत्पादनको लागतलाई कम गर्नका लागि सरकारले पनि किसानहरुलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । अहिले नेपाली युवाहरु विदेशबाट आएकाले कृषिक्षेत्रमा रोजगार सृजना गर्नका लागि संघ, प्रदेश, स्थानीय तहले विशेष गर्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले किसानले उत्पादन गरेका वस्तुलाई बजारिकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । अहिले चितवनमा भारतबाट आउने तरकारीका कारण जिल्लाका किसानले मुल्य नपाएकाले भारतमा आयात हुने तरकारीलाई रोक्नुपर्ने धारणा राख्नुभयो । निजि क्षेत्र किसानको पक्षमा रहेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवन तरकारी जोन सञ्चालक समितिका संयोजक हरिबाबु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, साना किसान सहकारी संस्था चितवनका अध्यक्ष गोपिप्रसाद लम्साल, धानजोन सञ्चालक समितिका संयोजक तेजप्रसाद बसौला, कोरा जोन सञ्चालक समितिका सचिव फडिन्द्र लामिछाने लगायतले उपस्थिति रहेको थियो । कार्यक्रमको धन्यवाद ज्ञापन पुष्पराज खनाले गर्नुभएको थियो ।
























