Breaking News

खैरहनी नगरपालिकाले ल्यायो ७७ करोड ८५ लाखको बजेट

Banner

चितवन,असार १०-

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ७७ करोड बजेट ल्याएको छ । बुधवार आयोजित नगरपालिकाको सातौ नगर सभामा आगामी आर्थिक वर्षका लागि ७७ करोड ८५ लाख ८२ हजार बराबरकोको बजेट प्रस्तुत गरिएको हो । नगर सभामा नगरपालिका उपप्रमुख सुनिता थपलियाले बजेट प्रस्तुत गरेकी थिईन् ।

प्रस्तुत बजेट अनुसार आन्तरीक आयतर्फ १० करोड ११ लाख १६ हजार,वित्तिय समानिकरण सशर्त अनुदान २३ करोड २१ लाख ५२ हजार,वित्तिय समानिकरण निशर्त अनुदान १७ करोड ३३ लाख ६१ हजार, राजस्व वाँडफाँडबाट १२ करोड ९५ लाख ५२ हजार, समपुरक कोषबाट २ करोड ५१ लाख ५० हजार,विषेश कोषबाट ९० लाख,सडक बोर्ड नेपालबाट २० लाख,अन्य आय १ करोड,संरक्षित पुँजीकोष ६ करोड,संरक्षित वन रोयल्टी ५० लाख,तरकारी तथा फलफुल मुल्य श्रृंखला विकास कार्यक्रमबाट १२ लाख ५० हजार,लागत सहभागीता ३ करोड गरि कुल ७७ करोड ८५ लाख ८२ हजार रुपैया आम्दानी हुने अनुमान छ ।

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि विकास कार्यक्रम संचालनका लागि ४ करोड ४० लाख ६० हजार,पशु विकास कार्यक्रम संचालनका लागि २ करोड १४ लाख ५० हजार,उद्योग व्यवसाय प्रवद्र्धनका लागि ४० लाख,पर्यटनविकासका लागि ३० लाख रुपैया लगायत गरि अनर्थिक क्षेत्रका सम्पूर्ण कार्यक्रम संचालनका लागि ६ करोड ६१ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षा ,युवा तथा खेलकुद विकास कार्यक्रम संचालनका लागि १७ करोड १६ लाख ३१ हजार ,स्वास्थ्य तर्फका कार्यक्रम संचालनका लागि ४ करोड ५७ लाख ५ हजार,लक्षित समुह विकास तथा गरिवी निवारण क्षेत्रका कार्यक्रम संचालनका लागि ६५ लाख ७५ हजार विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले वताईन् । खैरहनी नगरपालिकाले पूर्वाधार क्षेत्रका लागि सवैभन्दा वढि रकम विनियोजन गरेको छ । जसका लागि ३३ करोड ८५ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको हो ।

वातावरण संरक्षण,विपद व्यवस्थापन,फोहोर मैला व्यवस्थापन तथा भुमि व्यवस्थापनका क्षेत्रका लागि २ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस मध्ये वातावरण संरक्षण तथा विपद व्यवस्थापनका लागि मात्रै ७५ लाख रुपैयाँ विनियोजन गरिएको हो । नगर सभामा पाँच जना नगर सदस्यहरुले वजेटका बारे राखेको जिज्ञासामा नगर प्रमुख लालमणि चौधरीले जवाफ दिएका थिए । असार ६ गते प्रस्तुत गरिएको निति तथा कार्यक्रम र बुधवार प्रस्तुत वजेट नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवंम् नगर सभा सदस्य सचिव पुरुषोतम शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>