Breaking News
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द
०

सिमकोट, असार १०–
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।
प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. मंगल रावलले बताए ।
कोरोना पुष्टि भएका चारै जना स्वास्थ्यकर्मीलाई आईसोलेसनमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेक अन्य सबै सेवाहरु अर्को सूचना प्रकाशित नगर्दासम्मका लागि बन्द गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























