Breaking News

विभिन्न देशमा अलपत्र नेपाली फर्काउन आज हुँदैछन् ११ उडान

Banner

काठमाडौं, असार १०-

कोरोना महामारीका कारण विभिन्न देशमा अलपत्र नेपाली उद्धार कार्य तिव्र परिएको छ । आज (बुधबार) ११ वटा उडान हुँदै छन् ।

आज विदेशका पाँच ठाउँबाट नेपाली लिएर जहाज काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। यसैगरी विदेशका विभिन्न ५ स्थानमा रहेका नेपाली लिन काठमाडौंबाट जहाज जाँदै छन्।

विमानस्थलका अनुसार आज नेपाल एअरलाइन्सका दुई जहाज साउदीको दमामबाट १५४ तथा साउदीकै जेद्दाबाट समस्यामा परेका नेपाली लिएर आउँदै छन्। ली लिएर आउँदै छ।

यसैगरी कुबेतबाट पनि १ सय ६० जना फर्किेन कार्यतालिका छ। कुवेत सरकारले जजिरा एयरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली नेपाल पठाइदिने भएको हो।

त्रिभुवन विमानस्थलका अनुसार आज इस्तानबुलबाट टर्किस एयरलाइन्सको चार्टर्ड जहाजमार्फत २ सय ८० नेपाली स्वदेश फर्किंदै छन्। यो जहाजले यहाँबाट फर्किंदा पनि २ सय ८० जना लिएर जाने तालिका छ।

यस्तै हिमालय एयरलाइन्सको जहाजले यूएईबाट १५४ नेपाली लिएर आउँदै छ।

विमानस्थलले सार्वजनिक गरेको तालिका अनुसार कुवेतमा समस्यामा परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सले आज राति पहिलो चार्टर्ड उडान गर्दै छ । यस्तै आजै राति नेपाल एयरलाइन्सको जहाज जापानको नारिता र हिमालय एयरलाइन्सको जहाज कतारको दोहा जाने उल्लेख छ।

यस्तै आज हिमालय एयरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी उड्नेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>