Breaking News

चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असार १०–

चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) चितवनको कालिका नगरपालिका–३ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । ती पुरुष क्वारेन्टिनमा बसेका थिए ।

योसंगै चितवनमा कुल संक्रमितको संख्या ४३ पुगेको छ ।

यस्तै आजै भरतपुरमा गरिएको परीक्षणमा गैंडाकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भरतपुर अस्पतालको १२, चितवन मेडिकल कलेजको ७, विनय त्रिवेणी गाउँपालिकाको १५, भरतपुर महानगरपालिकाको १३, नारायणी सामुदायिक अस्पतालको एक, खैरहनी नगरपालिकाको ४, पुरानो मेडिकल कलेजको ४, गैंडाकोट नगरपालिकाको २०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १९, कालिका नगरपालिकाको २० र देवघाट गाउँपालिकाको ६ जना गरी १२१ वटा नमुनाको आरटीआर पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये पाँचामा संक्रमण पुष्टि भएको छ भने बाँकी ११६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>